काठमाण्डु – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एन्टिबडी ६ महिनासम्म रहने एक अध्ययनले देखाएको छ । उक्त अध्ययनमा मानिसको शरिरमा जति धेरै एन्टिबडी विकास भयो दोस्रो पटक संक्रमण हुने जोखिम पनि त्यति नै कम हुने गरेको पाइएको छ ।
अक्सफोर्ड युनिभर्सिटी हस्पिटलका स्वास्थ्यकर्मीहरुले गरेको अध्ययनले एण्टिबडी विकास हुंदा संक्रमण हुनबाट बचाउने दावी गरिएको बिबिसीले जनाएको छ । अध्ययनमा १२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीहरु सहभागी थिए ।
संक्रमणविद् केटी जेफ्रीले एन्टिबडी विकास भएपछि कोरोना संक्रमणबाट बच्न सकिने अध्ययनले देखाएको र यो खुसीको खबर भएको बताईन ।
अक्सफोर्डको यो अध्ययनमा १२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीहरु सहभागी थिए । जसमध्ये ११ हजार स्वास्थ्यकर्मीको कोभिड–१९ एन्टिबडी नेगेटिभ पाइएको थियो । एन्टिबडी विकास भइसकेका कसैमा पनि लक्षणसहितको संक्रमण नदेखिएको अध्ययनले देखाएको थियो ।




प्रतिक्रिया