काठमाडौं – काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका एकै परिवारका तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टी भएको छ । सोमबार पाटन अस्पतालमा भर्ना भएका एकै परिवारका तीन जनामा कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो ।
सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारी बस्दै आएका थिए । उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो ।
अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।




प्रतिक्रिया