चीनबाट ल्याइएको कोरोना परीक्षण गर्ने मेसिन चार प्रदेशमा दिइने सरकारको निर्णय

चीनबाट ल्याइएको कोरोना परीक्षण गर्ने मेसिन चार प्रदेशमा दिइने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले चीनबाट ल्याएको कोरोना भाइरस संक्रमण परीक्षण गर्ने स्वास्थ्य सामग्री चार वटा प्रदेशमा वितरण गर्ने भएको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई पीसीआर (पोलिमर चेन रियाक्सन) मेसिन वितरण गर्ने भएको हो ।

समिति सचिवालयका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीका अनुसार चीनबाट ल्याइएको पाँचवटा पीसीआर मेसिनमध्ये एक थान भने हाल काठमाडौंमा नै राखिनेछ । विडारीका अनुसार उक्त मेसिन भोलिका दिन जहाँ बढी जरुरत हुन्छ, त्यहाँ पठाइनेछ ।

उच्चस्तरीय समितिले प्रत्येक प्रदेशमा एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री पठाइने निर्णय गरेको विडारीले जानकारी दिए ।