काठमाडौंका चार सहित ६ निजी प्रयोगशालाले पाए कोरोना परीक्षण गर्ने अनुमति


काठमाडौं – कोरोना भाइरस संक्रमण परीक्षण गर्न ६ निजी प्रयोगशालाले अनुमति पाएका छन् ।

काठमाडौं उपत्यकाका चारसहित ६ वटा निजी प्रयोगशालालाई सरकारले कोरोना भाइरस (कोभिड (१९) को पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मापदण्ड पुगेका काठमाडौंका ४, बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई पीसीआर परीक्षण गर्न अनुमति दिएको एनपीएचएलका प्रवक्ता राजेशक्मार गुप्ताले जानकारी दिए ।

प्रवक्ता गुप्ताका अनुसार काठमाडौँ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएको हो ।

त्यस्तै उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement