कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज – नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–६, माईस्थान घर भएका ७० वर्षीय श्याम नारायण वर्णवालको वीरगन्जस्थित नारायणी अस्पतालअन्तर्गत गण्डक अस्थायी कोभिड अस्पतालमा मंगलबार मृत्यु भएको हो ।

श्वासप्रश्वासको समस्या देखिएपछि सोमबार अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

‘मृत्युपछि बुधबार उनमा कोरोना संक्रमण पुष्टि भएको कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।