उदयपुरमा ८ जनामा कोरोना भाइरस संक्रमणको आशंका

उदयपुरमा ८ जनामा कोरोना भाइरस संक्रमणको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उदयपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । केही दिन अगाडि मात्र उदयपुरमा १२ जना कोरोनाका बिरामी भेटिएका थिए ।

उनीहरु ८ जनाको कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा कोरोनाको रिपोर्ट आएपछि थप परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । त्यहाँबाट रिपोर्ट आएपछि कोरोना भए/नभएको पुष्टी हुनेछ ।

उनीहरु उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केकावासिन्दा रहेको बताइएको छ । कोशी अस्पतालमा ६९ जनाको स्वाब परीक्षण भएको छ

आइतबार भुल्के पुगेको नेपाली सेनाको छाउनी अस्पतालका चिकित्सक टोलीले दुई दिन लगाएर २ सय ५२ जनाको स्वाब संकलन गरेर काठमाडौं लगिसकेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । यदी ८ जनाको रिपोर्ट पोजेटिभ आएको खण्डमा नेपालमा कोरोना संक्रमितको संख्या ३९ पुग्नेछ । संक्रमित मध्ये चार जना डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार जारी छ ।