पछिल्लो २४ घण्टामा ७१० संक्रमित थपिँदा १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ७१० संक्रमित थपिँदा १२ जनाको मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ७ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ७५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ४२ हजार ५ सय ६७ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १८ लाख ६६ हजार २ सय १० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ७७ जना पुगेका छन् ।