काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।
योसँगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको छ ।




प्रतिक्रिया