बिहिबार थपिए १ सय ४७ जना कोरोना संक्रमित

बिहिबार थपिए १ सय ४७ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा बिहिबार कोरोना भाइरसका १ सय ४७ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण गरिएकोमा १४७ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । यद्यपी विभिन्न अस्पतालमा हाल ५ हजार ३ सय ५८ जना उपचाररत छन् । त्यस्तै २४ घण्टामा १ सय ५६ जना कोरोनाबाट मुक्त भएका छन् ।

याेसहित हालसम्म १२ हजार ८ सय ४० जना निको भइसकेका छन् । नेपालमा हालसम्म ४३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।