कोरोना भाइरस विश्वमा तीव्र गतिमा फैलिरहेको छः डब्ल्यूएचओ

कोरोना भाइरस विश्वमा तीव्र गतिमा फैलिरहेको छः डब्ल्यूएचओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रकोप विश्वमा तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझै पनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन् ।

इमोजेन फोक्स भन्छिन्, ‘पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण पाइयो । दुई लाख पुग्न अर्को ११ दिन लाग्यो । तर त्यसको चार दिनमै तीन लाख पुग्यो ।’

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपर्न भनेको छ ।

प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने उसले बताएको छ ।

नेपालमा पनि कोरोना भाइरसका एक जना बिरामी भेटिएपछि सरकारले थप सजकता अपनाएको छ । सरकारले आजबाट एक हप्ताका लागि लकडाउन गरेको छ । गत चैत चार गते फ्रान्स हुँदै नेपाल भित्रिएकी एक युवतीमा कोरोनाको संक्रमण भेटिएको हो । अहिले उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।