काठमाडौं – कोरानो भाइरस(कोभिड–१९) ले विश्वभरी महामारीको रुप लिइरहेको छ । कोरोना भाइरसबाट अहिलेसम्म चीनपछि इटाली सबैभन्दा प्रभावित भएको छ ।
यो भाइरसको भ्याक्सिन अहिलेसम्म बनिनसकेकाले यसको रोकथाम गर्नु नै मुख्य उत्तम हुने चिकित्सकहरुले बताएका छन् । विश्वका मुलुकहरुमा तीव्र रुपमा फैलिरहेको यो भाइरसको रोकथामका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महत्वपूर्ण सुझावहरु दिँदै आएको छ ।
डव्लुएचओका प्रमुख डा अधानोम टेड्रोसले कोरोनाबाट बच्न पौष्टिक आहार खाना र रोग प्रतिरक्षा प्रणाली बढाउन सुझाव दिएका छन् । उनले अल्कोहल जन्य पेय पदार्थ धेरै सेवन नगर्न पनि सुझाव दिएका छन् ।
उनले भाइरसबाट बच्न पैदल यात्रा गर्न, दौडन सुझाव दिएका छन् । यदी घरभित्रै लकडाउन अर्थात बाहिर निस्कन सक्ने अवस्था छैन् भने व्यायम गर्न, नाच्नसमेत सुझाव दिएका छन् ।
यस्ता छन् डव्लुएचओले दिएका पाँच सुझावः
१. स्वस्थ र पौष्टिक आहार खानुहोस् । जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठीकसंग कार्य गर्न सहयोग गर्दछ ।
२. मदिराजन्य पदार्थको सेवनलाई सीमितमा राख्नुहोस् । गुलिया पेय पदार्थहरु नलिनुहोस् ।
३. धूमपान नगर्नुहोस् । यदि तपाईँ कोरोना भाइरस ( कोभिड–१९)बाट संक्रमित हुनु भयो भने धूम्रपानले गम्भीर रोगको जोखिम बढाउन् सक्छ ।
४. शारीरिक व्यायम गर्नुहोस् । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने झैँ बयस्कहरुले दैनिक कम्तिमा ३० मिनेट र बच्चाहरुलाई दैनिक १ घण्टा शारीरिक व्यायम गर्न गराउनुहोस् । यदि तपाईँलाई यो बेला नियमक निकायले अनुमति दिएको छ भने बाहिर पैदल यात्रा गर्नुहोस, दौडनु होस, सवारीमा समेत जानुहोस तर अरुसंगको दूरी राख्नुहोस । यदि तपाईँ घरभित्रै लकडाउन अर्थात बाहिर निस्कन सक्ने अवस्था छैन् भने व्यायम गर्नुहोस्, नाच्नुहोस् । योगा गर्नुहोस् ।
घरमै बस्नु भएको छ काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस् । तपाईँले कम्तिमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् । घरमा कसरी स्वस्थ रहेर बस्ने भन्ने बारेमा हामी आउने दिनमा पनि सल्लाह दिनेछौँ ।
५. तपाँईको मानसिक स्वास्थ्यमा ख्याल गर्नुहोस् । यो संकटको बेला तनाव अलमल र डराउनु सामान्य कुरा हो । यस्तो बेलामा तपाईँले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसंग कुरा गर्नुहोस् । संगीत सुन्नुहोस, किताब पढनुहोस् अथवा गेम खेल्नुहोस् ।




प्रतिक्रिया