कोरोना जितेर फर्किएका युवा भन्छन्ः ठिक हुन्छु भन्ने आत्मबल थियो !

कोरोना जितेर फर्किएका युवा भन्छन्ः ठिक हुन्छु भन्ने आत्मबल थियो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय कोरोना सङ्क्रमित एक युवक दोस्रो र तेस्रो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज घर फर्केका छन् ।

उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र अस्पतालका चिकित्सकले फूल दिएर बिदा गरे । अस्पतालबाट उनी एम्बुलेन्स चढेर अस्पतालबाट घर फिर्ता भएका थिए ।

भारतबाट आएका उनलाई गत चैत २२ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज घर फर्काइएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले जानकारी दिए ।

घर फर्कनेक्रममा उनले हिम्मत जुटाउँदा कोरोनालाई हराउन सकिने बताए । आफूलाई सुरुदेखि पनि लक्षण नदेखिएकाले ठिक हुन्छु भन्ने आत्मबल रहेको उनले बताए ।

उनले उपचारमा संग्लनहरुलाई धन्यावद दिदैँ चिकित्सकले भने बमोजिम केहीदिन घरपरिवारबाट टाढा सुरक्षितसँग बस्ने बताए ।

गत चैत ११ गते भारतबाट घर फर्किएका उनी कैलालीको प्रतापपुर क्वारेन्टिनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो ।

अब अस्पतालमा चार सङ्क्रमितको उपचार भइरहेको छ । ती सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।