विश्वभरि ओमिक्रोन सङ्क्रमणको उच्च जोखिम रहेको डब्लुएचओको चेतावनी

विश्वभरि ओमिक्रोन सङ्क्रमणको उच्च जोखिम रहेको डब्लुएचओको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण अफ्रिकामा हालैमात्र भेटिएको काेराेना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोन विश्वका कैयौँ देशमा फैलिइरहेको छ ।  उक्त भाइरसको विश्वभरिनै उच्च जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । डब्लुएचओले यो भेरिअन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणामहरू निम्त्याउन सक्ने चेतावनी दिएको हो । सङ्गठनका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशहरूमा खोप पठाउनका लागि पुन आह्वान गरेका छन्। यो महिनाको सुरुमा ओमिक्रोन दक्षिण अफ्रिकामा पत्ता लागेको थियो ।

उक्त भाइरस क्यानाडामा पनि भेटिएको छ । हालै अफ्रिकामा भेटिएको उक्त भाइरस क्यानाडाको ओन्टोरियो प्रान्तमा दुई जनामा भेटिएको जनाइएको छ । तर ती नयाँ सङ्क्रमितहरु कहाँबाट आएका नागरिक हुन् या क्यानाडामा नै सो भेरियन्ट भेटिएको हो भन्ने बारेमा भने जनाइएको छैन् । उता, पछिल्लो समयमा कोरोना भाइरसको डेल्टा भाइरस बढिरहेको बेलायतमा पनि यो नयाँ भेरियन्ट देखिएको थियो ।

अध्ययन हुँदै
डाक्टर टेड्रोसले विश्वभरका वैज्ञानिकहरूले नयाँ भेरिअन्ट उच्च सङ्क्रामक छर छैन, पुन : सङ्क्रमण हुने खतरा कति छ र खोपले कति काम गर्छ भनेर पत्ता लगाउन काम गरिरहेको बताएका छन् ।

‘ओमिक्रोन देखिनुले कोभिड अब सकियो भन्ने हामी मध्ये धेरैले सोचे पनि त्यो होइन भनेर सम्झाएको छ’ उनले भने । नयाँ भेरिअन्टका कारण कसैको ज्यान गएको भन्ने अहिलेसम्म नपाइएको पनि उनले बताए । यो नयाँ भेरिअन्ट युके, क्यानडा, पोर्चुगल, बेल्जियम र नेदरल्याण्डस्लगायत थुप्रै देशमा देखिइसकेको छ ।