कोरोना संक्रमित हुनबाट बचाउन बाहुबली सिमेण्टले स्यानीटाइजर र मास्क वितरण गर्‍यो

कोरोना संक्रमित हुनबाट बचाउन बाहुबली सिमेण्टले स्यानीटाइजर र मास्क वितरण गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बाहुबली सिमेण्टको उत्पादक बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रालि नेपालमा अत्यधिक क्षमता युक्त सिमेण्ट उत्पादक हो, जसले प्रत्येक दिन २००० टन सम्म सिमेण्ट उत्पादन गरी देशभर रहेको आफ्नो बलियो बिक्री सन्जाल मार्फत् सिमेण्ट आपूर्ति गर्दै आएको छ ।

हाल विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरस–कोभिड १९ सँक्रमण हुनबाट जोगिन विश्वभर नाक मुखमास्कले ढाक्ने र हातधुने अभियान नै चलाइएको परिप्रेक्ष्यमा कम्पनीले पनि एभरेस्ट प्यारेन्टरल्स् प्रालीको सहकार्यमा उक्त अभियानलाई सहयोग पु¥याउने उद्देश्यका साथ सामाजिकउत्तरदायित्वको अभिभारा बहन गरेको छ ।

कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयुक्तभएको अध्ययनहरुले देखाएका छन् । हालनेपालमापनि यो भाइरसको रोकथामको प्रयास भैरहेका छन्, जसको लागि नेपाल सरकार तथानागरिकहरु एवं जिम्मेवार निकायहरुले भरमग्दूर प्रयास गरिरहेका छन् ।
यसै सन्दर्भमा कम्पनीले पनि कोरोना भाइरस फैलिननदिनआमनागरिकहरुलाई हातधुन स्यानीटाइजर र नाकमुख ढाक्न मास्कवितरण गर्ने कार्य अघि बढाएको छ । उक्तवितरण कार्य काठमाडौं उपत्यकाभित्रका धेरै भिडभाड हुने विभिन्न स्थानहरुमा गरिएका छन् ।

“हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भैरहेको यस घडीमा यहाँका नागरिकहरुलाई सीमित संख्यामै भएपनिमास्क र स्यानीटाइजर वितरण गरेर उनीहरुको स्वास्थ्य सुरक्षितबनाउन सकौं । वास्तवमाभन्ने हो भनें देशको एक उद्या्ेग भएको नाताले यो हाम्रो सामाजिक दायित्व पनि हो, देशलाई परेको बेलामा साथदिनहामीकहिल्यै पछि पर्ने छैनौ ।”बालाजीसिमेण्ट इण्डष्ट्रिज प्रा.लि.का प्रवन्ध निर्देशक श्री गौरव गाडिया ले भन्नु भएको छ । हाल काठमाडौं उपत्यकामा वितरण गरिए पनियदिआवश्यक परेमा यो अभियानलाई देशैभर फैलाउने लक्ष्यकम्पनीले लिएको छ ।