काेभिड १९-महामारी फैलिएपछि कोरोना बीयरको उत्पादन बन्द


एजेन्सी- विश्वमा (काेभिड-१९)कोरोना भाइरस महामारी फैलिएपछि कोरोना बीयर उत्पादन बन्द गरिएको छ ।  मेक्सिकोमा रहेको कम्पनी ग्रपो मोडेलोले सरकारको आदेशबमोजिम बीयर उत्पादन बन्द गरेको जनाएको छ ।

मेक्सिको सरकारले अत्यावश्यक वस्तु बाहेक अन्य चीनको उत्पादन हालका लागि रोक्ने आदेश दिएको छ । तर यो उत्पादनलाई कृषिको दर्जा दिइएमा बीयर बनाइरहने कम्पनीको भनाइ छ । हाल मेक्सिकोमा कृषिलाई अत्यावश्यक उत्पादनको श्रेणीमा राखिएको छ ।

ग्रुपो मोडेलोले प्यासिफिको र मोडेलो ब्रान्डका बीयरहरू पनि बनाउने गरेको छ ।  अहिले न्यूनतम मात्रामा बीयर बनाउने अनि प्रतिबन्ध फुकुवा भएपछि फेरि उत्पादन थाल्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement