एजेन्सी – कोरोना भाइरस (कोभिड १९)बाट स्पेनकी राजकुमारीको मृत्यु भएको छ। ८६ वर्षीया राजकुमारी टेरेसाको मृत्यु शुक्रबार भएको बताइएको छ ।
राजकुमारी टेरेसाको मृत्यु भएको शाही परिवारले पुष्टि गरेको छ । उनको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको मृत्युपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ । राजकुमारीका कुनै सन्तान छैनन्। उनी भतिजा भतिजीको आश्रयमा रहँदै आएकी थिइन्।
यसअघि बेलायती राजकुमार चार्ल्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो। स्पेनमा कोरोना भाइरसको कारण अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५ हजार ८ सय १२ पुगिसकेको छ। स्पेनमा समग्र संक्रमितको संख्या ७३ हजार नाघेको छ । शनिबार मात्रै स्पेनमा ६ सय ७४ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया