काठमाण्डु- काठमाण्डु उपत्यकामा कार्यरत एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाण्डु उपत्यकामा कार्यरत सैनिक जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रवार मृत्यु भएको हाे ।
उक्त जवानलाई असोज ६ गते छारे रोगको लक्षण देखिए पश्चात आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार गर्दागर्दै मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनको ८ गते स्वाव परिक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएको थियो ।
योसँगै नेपाली सेनामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।हालसम्म नेपाली सेनामा कुल संक्रमित २ १९७ मध्ये ५३९ निको भएका छन् । सक्रिय संक्रमित भने १६ सय ५६ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।




प्रतिक्रिया