बर्दियामा १७० जनाको कोरोना रिपोेर्ट नेगेटिभ

बर्दियामा १७० जनाको कोरोना रिपोेर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया – कोरोना संक्रमणको आशंकामा हालसम्म बर्दियामा दुई हजार ३४५ जनाको नमूना परीक्षण गरिएको छ । एक सय ९२ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको छ । एक सय ८२ जनाको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगञ्ज पठाइएकामा १७० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

बाह्र जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।आठ स्थानीय तहमा रहेका क्वारेन्टिनमा एक हजार ६१२ जना छन् । त्यसैगरी आरडिटीबाट अहिलेसम्म दुई हजार १५३ जनाको परीक्षण गरिएको प्रमुख गिरीले बताए ।