काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छ ।




प्रतिक्रिया