कोरोनाबाट प्रभावित परिवारलाई स्वरोजगार बनाउँदै सुदूरपश्चिम प्रदेश सरकार

कोरोनाबाट प्रभावित परिवारलाई स्वरोजगार बनाउँदै सुदूरपश्चिम प्रदेश सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाबाट प्रभावित तथा विदेशबाट फर्किएकालाई स्वरोजगार बनाउन कृषि तथा पशुपक्षी विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार तथा पशुपक्षी व्यवसायवाट स्वरोजगार बनाउने लक्ष्य सहितको यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । यो कार्यक्रमका लागि मन्त्रालयले सूचना प्रकाशित गरी इच्छुक व्यक्तिवाट निवेदन आह्वान गरिसकेको छ ।

कार्यक्रममा तरकारी, च्याउ र फलफूल खेतीका अलावा मौरी, भेडाबाख्रा,गाईभैसी, माछा, स्थानीय कुखुरा तथा हाँसपालनजस्ता मासुजन्य पक्षीपालन गर्न सकिने मन्त्रालयका कृषिप्रसार अधिकृत गोकुल बोहोराले बताएका छन् ।

तुरुन्त आयआर्जन हुने तथा स्वरोजगारी सिर्जना गर्ने कार्यक्रमलाई छनौटमा प्राथमिकता दिई कार्यक्रम कार्यान्वयन गर्न लागिएको जनाइएको छ । ‘‘माग अनुसारको प्याकेज बनाएर कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ, फिल्डमै पुगेर अध्ययन गरी सहभागी हुन चाहने व्यक्तिको छनौट गरिने छ ।”

झण्डै नौ हजार परिवारलाई स्वरोजगार बनाउने लक्ष्य लिएको यो कार्यक्रम कार्यान्वयनका लागि चालू वर्षमा १५करोड बजेट विनियोजन गरिएको छ । पहिलो वर्ष छनौट हुने व्यक्तिलाई न्यूनतम् अनुदान उपलब्ध गराइनेछ । त्यसका आधारमा मूल्याङ्कन गरी आगामी वर्षदेखि अनुदान सहयोग वृद्धि गरिने छ ।

जिल्लामा रहेका कृषि ज्ञान केन्द्र र पशु विज्ञ केन्द्र मार्फत् सञ्चालन हुन लागेको यो कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले कार्यविधि बनाउन लागेको छ ।