काठमाडाैं – भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित ६३ वर्षीया एक महिलाको पाँचौँ पटक गरिएको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणका क्रममा ती महिलाको पाँचौँ नतिजा पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।
यही वैशाख २४ गते केन्द्रीय प्रयोगशाला पठाइएको नमूनाको नतिजा आज आएको हो । कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेशन कक्षमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।
यही वैशाख ३ गते र्यापिड डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद भेटिएपछि भरतपुर अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याइएसँगै उनी र उनका दुई छोराको पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षणका क्रममा उनी र उनका २७ वर्षीय एक छोरामा कोरोना पोजेटिभ देखिएको थियो ।




प्रतिक्रिया