काठमाडौ- के चीनको हुबेई प्रान्तको वुहान शहरमा युरोपबाट आएका कोभिड-१९ का बिरामी (चिनियाँ विद्यार्थी झोऊ ) कुनै नयाँ चेतावनी लिएर आएका छन् ? यो कुराबाट चीनका चिकित्सक पनि अचम्ममा परेका छन् । विश्वका वैज्ञानिकका अनुसार कोभिड-१९ म्यूटेट (आफैलाई परिवर्तन गर्ने क्षमता) राख्छ । यदी वास्तवमै यस्तो हो भने चीनमा पुनः एक पटक कोभिड–१९ को संक्रमण आउन सक्छ ।
गम्भीर चिन्तामा पार्ने यो स्थिति तब देखिएको छ, जब चीनको वुहान शहरमा कोभिड–१९ को नयाँ घटना देखिन बन्द भएको छ । विगत १० दिनका केबल १ नयाँ संक्रमित देखिएका छन् । अब यो झोउको रुपमा युरोपबााट चीनमा कोभिड–१९ काे आयातीत भएको छ । कोरोनाको विषयलाई लिएर एक अर्को विशेष स्वरुप भारतको झारखण्डमा देखिएको छ । यहाँ एक विदेशी महिलाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । राचीका चिकित्सा विशेषज्ञका अनुसार उक्त महिलामा पनि अन्तिम समयमा कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो ।
यसै कुरासँग मिल्दो जुल्दो कुरा चीनमा पनि कोभिड–१९ लाई लिएर दिइएको सफाइमा भनिएको छ । चीनका अनुसार १५५१ कोभिड– को घटना भएको थियो, जसमा अन्तसम्म संक्रमणको पुष्टि हुन कठिन भएको थियो । यसमा २०० भन्दा बढी विदेशी नागरिक थिए । विद्यार्थी झोउको घटना पनि यस्तै हो ।
झोउको बेलायतमा परीक्षण भएको थियो । झोऊले चीनमा कोभिड–१९ को अन्त्य भएको देखेर वुहान फर्कने निर्णय लिएका थिए । उनी बेलायतबाट दुबई हुदै वुहान पुगे । त्याहाँबाट हिड्नुभन्दा पहिले बेलायतमा उनको कोभिड–१९ को संक्रमणको परीक्षण नेगेटिभ थियो । तर वुहानमा गरिएको परीक्षणमा कोभिड–१९ पोजिटिभ देखियो । अब यही विषय विश्वका लागि सबैभन्दा चिन्ताको विषय बन्न लागेको छ ।
के चीनमा फेरी फर्किएला कोभिड–१९?
यस किसिमको मामिलामा भारतका एक भायरोलोजी विशेषज्ञका अनुसार भाइरसको उत्परिवर्तन (म्यूटेशन) को सम्भावना अत्यन्त धेरै रहन्छ । यस्तो हुनुको अर्थ कोभिड–१९ निष्क्रिय भएको लाग्छ । तर, यसले म्यूटेशन गर्न सक्छ । केही समयपछि फेरी फर्कन सक्छ ।
सुत्रका अनुसार चीनका चिकित्सा वैज्ञानिक, भायरोलोजिस्ट तथा विशेषज्ञ अझैपनि लगातार कोभिड–१९ को अनुसन्धान गरिरहेका छन् । आईआईटी दिल्लीका एक प्राध्यापकका अनुसार यो समय चिकित्सा वैज्ञानिकका लागि सबैभन्दा ठूलो प्राथमिकताको विषय भनेको कोभिड–१९ भाइरसनै हो ।
औषधीको क्षेत्रमा कामा गर्ने संस्था पनि कोभिड–१९माथि व्यापक ध्यान दिइरहेका छन् । तर जब सम्म कोभिड–१९ को खोप विकसित हुदैन, यस संक्रमणबाट स्थायी रुरुरुपमा मुक्ति पाउनका लागि मुश्किल हुनेछ । विश्वभरका देशमा यसको प्रयोग भइरहेको छ र यसको खोप आउनका लागि वर्षभरी समेत लाग्न सक्छ ।
लक्षण नभएपनि कोभिड–१९ को संक्रमणको प्रबल सम्भावना
नयाँ दिल्लीस्थित चिनियाँ दूतावासका एक अधिकारीका अनुसार कोभिडको लक्षण नदेखिएपनि यसबाट संक्रमित हुनेको सम्भावना प्रबल रहन्छ । चीनमा ९८२ मा यस किसिमको घटना देखिएको थियो । यस किसिमका मानिसहरु लगातार चिनियाँ सरकारको निगरानीमा राखिएका छन् ।
बेलायताट आएकामा विशेष निगरानी
चीनमा करी ७०० विदेशीमा कोभिड–१९ को संक्रमणको रिपोेर्ट आएको छ । तर चीनका विद्यार्थी झोऊ बेलायतबाट संक्रमित भएर आएका हुन् । युरोपमा कोभिड–१९ व्यापक फैलिएको छ । यसैले बेलायताट संक्रमित भएर आएका विद्यार्थीमा चीनको विशेष निगरानी रहेको छ ।




प्रतिक्रिया