काठमाडौं – सोमबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।याेसंगै संक्रमित हुनेको संख्या ६८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मलेनमा थप ६ जनामा संक्रमण पुष्टि भएकाे जानकारी दिइएकाे हाे।
अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
डा देवकाेटाले वीरगन्जमा गत ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएकाे पनि जानकारी दिए। काेराेना संक्रमणबाट नेपालमा चार जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ।




प्रतिक्रिया