काठमाण्डु – पछिल्लो २४ घण्टामा देशभर थप ५१३ जनामा कोराेना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार ९३१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख ८५ हजार ३४ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९३ हजार ९८० छ,भने ८१७ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ८६ हजार ६८० पुगेको छ । निको हुने दर ९७.३ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११३४५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ८ जनाकाे मृत्यु भएकाे छ ।




प्रतिक्रिया