काठमाडौँ – कोरोना भाइरस संक्रमितको संख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा थप २५ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमितहरु ३ देखि ४८ उमेरका छन्। जसमा १८ पुरुष र ७ महिला छन् ।
बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ। हालसम्म कोरोना निको हुनेको संख्या ४५ पुगेको छ । यस्तै २ जनाको भने मृत्यु भएको छ ।




प्रतिक्रिया