काठमाण्डु – कोरोना संक्रमणबाट वीरगञ्जमा थप तीन जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१२ बस्ने ६५ वर्षीया महिला, वीरगञ्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
एक जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एकजनाको उपचारका लागि काठमाण्डु लैजाँदै गर्दा शनिबार बिहान बाटोमा नै मृत्यु भएकाे नारायणी अस्पताललका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताए ।
त्यस्तै वीरगन्ज–१२ का ४३ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा उपचारको क्रममा वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको नारायणी अस्पताललले जनाएकाे छ । हेपाटाइटीस बी र एचआईभी एड्सका बिरामी रहेका ती पुरुष शुक्रबार साँझ नेसनल मेडिकल कलेजबाट रिफर भएर कोरोना अस्पताल आएका थिए ।
यसैगरी शुक्रबार साँझ साढे ५ बजेको समयमा वीरगञ्ज-१२ मुर्ली निवासी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।




प्रतिक्रिया