चितवन मेडिकल कलेजमा हेटौंडाका कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा हेटौंडाका कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन- हेटौंडाका एकजना कोरोना संक्रमित ७४ वर्षीय पुरुषको चितवनमा मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए ।

उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा शुक्रबार राति ती पुरुषको मृत्यु भएको हो । उनको सघनकक्षमा राखी उपचार हुँदै आएको थियो । योसहित चितवनमा कोरोना संक्रमित ३६ जनाको निधन भएको छ ।