काठमाडाैं – नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा थप ९ जना नयाँ कोरोना संक्रमित फेला परेको जनाइएको छ। रौतहटका ८ र बाराका १ जनामा कोरोना पुष्टि भएको हो।
रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बाराको करैयामाई– ५ निवासी ३८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले हाल सबै संक्रमितको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ।





प्रतिक्रिया