बुधबार थपिए ११५७ जना कोरोना संक्रमित,८ जनाको मृत्यु

बुधबार थपिए ११५७ जना कोरोना संक्रमित,८ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १४ हजार ५४१ जनाको नमुना परीक्षण हुँदा ११५७ जनामा मात्रै संक्रमण पुष्टि भएको हो । यस्तै १११३ जना संक्रमणमुक्त हुँदा ८ जनाकाे मृत्यु भएकाे छ ।

मन्त्रालयका अनुसार काठमाण्डु उपत्यकामा ३३५ जना संक्रमित भेटिएका छन् । जसमध्ये भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाण्डु जिल्लामा २६५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,११३ रहेको छ ।