कोरोना अपडेटः विश्वभर २ लाख ९८ हजारको मृत्यु


जेनेभा– कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका छन् ।

अघिल्लो दिन पनि ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३१४ जनाको ज्यान गएको छ । प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २४ लाख २४ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३३ हजार १८६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७७२ जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ १ हजार ६३० जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८५ हजार १९७ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १९५, स्पेनमा १८४ र फ्रान्समा ८३ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १३ हजार १५८ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ७५४ जनाको ज्यान गएको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं.    महादेश    कूल संक्रमित     निको भएका    कूल मृत्यु

     विश्वभर          ४४,३०,२४२    १६,६१,५३६    २,९८,१८३

१.    युरोप                 १६,९६,३९१    ७,०५,३२१      १,५७,३८२
२.    उत्तर अमेरिका    १५,७२,३१९    ३,८५,३२४      ९५,७७०
३.    एसिया            ७,२१,७९२     ४,०७,६६६     २३,२६९
४.    दक्षिण अमेरिका    ३,५६,४५५     १,२७,९१८      १९,१२१
५.    अफ्रिका         ७३,९७४        २६,२५०        २,५०७
६.    ओसेनिया(अस्ट्रेलिया)    ८,५९०    ७,८०६          ११९

    दक्षिण एसियाली मुलुकहरु

१.    भारत            ७८,१९४    २६,४००    २,५५१
२.    पाकिस्तान       ३५,७८८    ९,६९५    ७७०
३.    बंगलादेश        १७,८२२    ३,३६१    २६९
४.    अफगानिस्तान    ५,२२६    ६४८      १३२
५.    श्रीलंका          ९१५      ३८२      ९
६.    माल्दिभ्स       ९५५     ४०         ४
७.    नेपाल            २४५     ३५        –
८.    भुटान            १५         ५         –

    एएफपी

प्रतिक्रिया दिनुहोस
Advertisement