काठमाडौँ- कोरोना भाइरस (कोभिड–१९) महामारी रोगको पहिचान, रोकथाम तथा प्रतिकार्यसम्बन्धी जानकारीसहित सङ्क्रमितको टे«सिङका लागि बहुउपयोगी ‘कोभिडएनपी एप’ सार्वजनिक गरिएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर)बाट निर्माण गरिएको उक्त एप शनिबार सार्वजनिक गर्नुभएको हो । केन्द्रका संयोजक उपप्रधानमन्त्री पोखरेलले एपमा सर्वसाधारणको पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो ।
“यो प्राविधिक विषय भएकाले सर्वसाधारण नागरिकले सरल र सहज ढङ्गले बुझ्ने र प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ”, उहाँले थप्नुभयो, “कोभिडएनपी एप प्रयोगका सम्बन्धमा पनि विभिन्न सञ्चार माध्यमबाट सूचनामूलक सामग्री प्रकाशन प्रसारण गर्न जरुरी छ ।”
उहाँले कोभिड–१९ महामारीका सम्बन्धमा सही सूचना, सङ्क्रमणका बारेमा जानकारी, विज्ञ चिकित्सकसँग परामर्श, कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका प्रयास र सङ्क्रमित व्यक्तिलाई उपचारका अतिरिक्त टे«सिङ गर्ने एप सहयोगी हुने धारणा राख्नुभयो ।
सो एप यसअघि विभिन्न सरकारी निक(ायबाट विकास गरिएका मोबाइल एप्सहरूसँंग आबद्ध गरी एकीकृत रूपमा सूचना सङ्कलन तथा आदानप्रदान गर्न सकिने गरी निर्माण गरिएको जानकारी त्यस अवसरमा दिइयो । प्राविधिक विज्ञ रामप्रसाद ढुङ्गानाका अनुसार मोबाइलमा एप डाउनलोड गर्दा सोधिएका प्रश्नको उत्तर दिने क्रममा प्रयोगकर्ता कोरोना भाइरस सङ्क्रमित हो वा होइन सजिलै पहिचान हुनेछ । सङ्क्रमणको शङ्का लागेमा विज्ञ चिकित्सकसँंग भिडियो कलबाट पारमर्श लिन सकिनेछ ।
त्यस्तै कोरोना सङ्क्रमित व्यक्तिको पहिचान भइसकेको अवस्थामा उपचारका क्रममा तथा उपचारपछि पनि सो व्यक्ति कहीँ कतै हिँडडुल गरेको वा त्यसअघि कोही कसैसँग भेटघाट गरेको स्थानको समेत सजिलै पहिचान गर्न सकिने व्यवस्था गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया