काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को संक्रमणको आशंका गरिएका एक युवकको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको आशंका गरिएका रुपन्देहीका ३४ वर्षीय एक युवकको आईतबार (आज) मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको बुटवल धागो कारखानास्थित विशेष अस्पतालमा उपचारकै क्रममा मध्यान्ह उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जनाए ।
एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा आज पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका ‘फोकलपर्सन’ वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले बताए ।
उनको मृत्युपश्चात् उनको परिवारलाई समेत स्वाबको रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिनेसमेत डा राजेन्द्र खनालले जानकारी दिए ।ती व्यक्ति दुवईबाट गत सोमबार नेपाल आएका थिए । उनमा ज्वरो र खोकीको लक्षण देखिएपछि विहीबार अस्पताल भर्ना गरिएको थियो । उनको नमुना परीक्षणका लागि आज मात्रै काठमाडौं ल्याइएको छ ।




प्रतिक्रिया