कोरोनाभाइरस : इटालीमा मृत्यु हुनेको संख्या १० हजार बढी

कोरोनाभाइरस : इटालीमा मृत्यु हुनेको संख्या १० हजार बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरस विश्वमा तीव्र दरमा फैलिरहेको छ । ताजा जानकारीका अनुसार इटालीमा कोरोनाबाट मर्नेको संख्या १० हजार भन्दा बढी भएको छ । इटालीको अवस्था विश्वका अन्य कुनै पनि मुलुकको तुलनामा खराब देखिएको छ । यहाँसम्म कि महामारीको सुरुवात भएको वुहान शहरमा पनि मृत्यु हुनेको संख्या ३१७७ मात्रै रहेको छ ।

इटालीमा १०,०२३ को मृत्यु भएको छ । मृत्युको मामिलमा इटाली विश्वकै अगाडि देखिएको छ । यसपछि स्पेन ५८१२ का साथ दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा चीन रहेको छ । यहाँ ३१७७ को कोरोनाभाइरसका कारण ज्यान गएको छ । २५१७ का साथ इरान चौथो स्थानमा रहेको छ । १९९५ सहित फ्रान्स पाँचौ स्थानमा रहेको छ ।

अमेरिकामा कोरोना संक्रमण सबैभन्दा बढी
विश्वभरीमा कोरोना पोजिटिभका संख्या ६,४०,५८९ पुगेको छ । यसमा सबैभन्दा बढी केस अमेरिकामा रहेको छ । अमेरिकामा बिरामीको संख्या १ लाख नाघिसकेको छ । अमेरिकामा १,१२,४६८ बिरामी रहेका छन् । यसपछि इटालीमा ९२,४७२ यो महामारीको चपेटामा आएका छन् । यसपछि चीन तेस्रो स्थानमा रहेको छ । यहाँ कोरोना संक्रमितको संख्या हालसम्म ८१,९९९ रहेको छ ।

निको हुने सबैभन्दा बढी चीनमा
विश्वभरीमा १ लाख ३७ हजार २७० संक्रमितले यो रोगमाथि जीत हासिल गरेका छन् । यो सूचीमा चीन सबैभन्दा माथि रहेको छ । यहाँ ६२,०९८ बिरामी ठीक भएका छन् । दोस्रो स्थानमा इटाली रहेको छ । यहाँ १२,३८४ ले कोरोनामाथिको लडाई जितेका छन् । तेस्रोमा स्पेन रहेको छ । यहाँ १२,२८५ ले यो संक्रमण बिरुद्धको लडाई जितेका छन् ।