कोरोना भाइरस :चीनमा संक्रमण दर घट्दै, दक्षिण कोरिया, इरान-इटालीमा बढ्दै


एजेन्सी- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड(१९) शनिबारसम्म १०३ देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ६ हजार १ सय ९५ पुगेको छ ।

यसको उत्पत्ति भएको देश चीनमा भने संक्रमितको संख्या घट्दै गए पनि इरान र इटालीमा भने तीब्ररुपमा फैलिदै गएको छ।  कोरोना संक्रमितमध्ये सबैभन्दा बढी चीनमा ८० हजार ६ सय ९६ जना संक्रमित छन् । चीनमा नयाँ ४५ जना मानिसमा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाकै कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ हजार ९७ पुगेको छ ।

त्यस्तै दोस्रो धेरै संक्रमण फैलिएको दक्षिण कोरियामा ५० जनाले ज्यान गुमाएका छन् भने ७ हजार १ सय ३४ जनामा संक्रमण देखिएको छ । त्यस्तै इटालीमा ५ हजार ८ सय ८३ संक्रमित रहेको र ३ सय ३३ जनाले ज्यान गुमाएको समाचार प्रकाशन भएका छन् । इटालीमा ५ हजार ८ सय ८३ जनामा सक्रमण भेटिएको छ। त्यस्तै शनिबार मात्रै थप ३६ जनाको मृत्यु भएको र मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ।

इरानमा १४५ जनाको ज्यान गएको छ भने त्यहाँ ५ हजार ८ सय २३ जना संक्रमित भेटिएको जनाइएको छ। दक्षिण कोरियामा ५० जनाको ज्यान गएको छ भने सात हजार १ सय २४ जनामा संक्रमण फैलिएको छ।  युरोपेली देशहरु फ्रान्स जर्मनी, स्पेन, बेलायत बेल्जियममा पनि यसको संक्रमण तीब्र रुपमा फैलिरेहको छ। त्यस्तै जापानमा पनि यसको संक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ भने अमेरिकामा १९ जनाले ज्यान गुमाएका छन्। यसको संक्रमण अर्जे्न्टिनामा पनि पुगेको छ। अर्जे्न्टिनामा एक जनाको ज्यान गएको छ।

हालसम्म विश्वभरबाट सक्रमित हुनेको संख्या १ लाख ६ हजार १ सय ९१ पुगेका छ। त्यस्तै मृत्यु हुनेको संख्या ३ हजार ६ सय छ भने विगत २४ घण्टामा १ सय ६ जनाको ज्यान गएको छ। त्यस्तै ६० हजार एक सय ९० जना उपचारपछि घर फर्किएका छन्। नेपालमा पनि एक जनामा कोरोनाको संक्रमण भेटिएको तर उपचारपछि निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement