एसएसपी लोहनीसहित चार प्रहरी अधिकृतलाई साधारण तारेखमा छाड्न सर्वाेच्चको आदेश

एसएसपी लोहनीसहित चार प्रहरी अधिकृतलाई साधारण तारेखमा छाड्न सर्वाेच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करीमा मुछिएका ३४ जना आरोपितमध्ये महावीरप्रसाद गोल्यान अग्रवाल बाहेकको हकमा उच्च अदालत विराटनगरकै आदेश सदर गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुस्मालता माथेमाको संयुक्त इजलासले तत्कालीन एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको हकमा पनि उच्च अदालतको आदेश सदर गरेको हो । उच्च अदालतले विराटनगरले जिल्ला अदालतको फैसला उ्रल्टाउँदै ती चार प्रहरी अधिकृतलाई पनि साधारण तारेखमा छाड्ने आदेश दिएको थियो । जबकि जिल्ला अदालत मोरङले ती प्रहरी अधिकृतलाई पनि थुनामा राख्न आदेश दिएको थियो। उनीहरु सबै प्रहरी सेवाको नियमित काममा फर्किसकेका छन् ।

त्यस्तै, सर्वाेच्चले व्यापारीहरु राजेन्द्र शाक्य र विमल पोद्दारको हकमा पनि उच्च अदालतको फैसला सर्वोच्चले सदर गरेको छ। सर्वोच्चले शाक्य र पोद्दारलाई १०–१० लाख धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गरेको हो।  उच्च अदालतले  जिल्ला अदालतकाे फैसला सदर गर्दै महाविरलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएकाे थियाे। तर, सर्वोच्चले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

२०७४ फागुनको तेस्रो साता दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानथस्ल आइपुगेको ३३ केजी अवैध सुन विमानस्थलबाट बाहिरने क्रममा हराएपछि तस्करीको रहस्य बाहिरिएको थियो।

सोही क्रलममा  सुन ओसारेर भारतीय बजारसम्म पु¥याउने मुख्य जिम्मा पाएका झापाका गोरे भनिने चुणामणी उप्रेतीले सुन खोजीको क्रमलाई तीव्र पारेपछि ब्यक्ति हत्याको घटना सतहमा आएको थियो । सोही प्रकरणमा सनम शाक्यलाई उर्लाबारीको जंगलमा लगेर करेन्ट लगाउँदै यातना दिएका थिए । सोही क्रममा १८ फागुन २०७४ मा सनमको मृत्यु भएपछि तस्करीको सुन हराइरहेको र सोही क्रममा सनमको मृत्यु भएको तथ्य बाहिरिएको थियो ।