प्रधानसेनापति किन् जादैछन् एक्कासी श्रीलङका भ्रमणमा?


काठमाडौ– प्रधानसेनापति राजेन्द्र क्षत्री साता व्यापी भम्रणमा श्रीलङका जाने भएका छन् । श्रीलङकाका प्रधानसेनापतिको औपचारिक निमन्त्रणमा प्रधानसेनापति बुधवार श्रीलङका जाने भएका हुन् ।  सेनापतिको भ्रमण दलमा  उपरथी दुई तारे जर्नेल ईश्वर हमाल पनि सहभागी हुदै  छन् । सेनाले भ्रमणवाट दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर बनाउने दावी गरेको छ  ।

 

गत वर्ष श्रीलङकाका प्रधानसेनापतिले पनि नेपालको भम्रण गरेका थिए ।  श्रीलङकाका सेनापति सिल्भाले  नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा ६ दिने औपचारिक भ्रमण गरेका थिए ।

श्रीलङकाका प्रधानसेनापतिले नेपाल बसाईको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन रक्षामन्त्री बालकृष्ण खाण, प्रधान सेनापति राजेन्द्र क्षत्रीसंग छुट्टा–छुट्टै भेट वार्ता गरेका थिए ।

 

 

  ६ दिने नेपाल बसाईमा सिल्भाले नेपाली सेनाको पोखरा स्थित पश्चिम पृतना हेटक्वाटर तथा विभिन्न शिक्षण संस्थाहरुको निरीक्षण अवलोकन गरेका थिए ।
सेनापति एक सातापछि  स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement