काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ३२८ जनाको परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर १ हजार ९८२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । आज देशभर ६२ जना कोरोना संक्रमित निको भएका छन् ।




प्रतिक्रिया