कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि सर्वाेच्चमा रिट दायर


काठमाण्डु – कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि निवर्तमान मुख्यमन्त्री कार्कीले रिट दायर गरेका छन् ।

रिटमा कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन परमादेश माग गरेका छन् ।

रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा संकल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको छ । सत्तारुढ दलले सरकार छाडेपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेमा कार्कीले विश्वासको मत नलिएपछि नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement