कान्तिपुरका अध्यक्ष सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति


जनकपुरधाम – कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको छ ।

सरकारी वकिल कार्यालयले ५ दिन हिरासतमा राख्न अनुमति मागे पनि अदालतले ३ दिन मात्रै अनुमति दिएको छ । यसअघि पनि अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश गरेको श्रेस्तेदार कैलाश भट्टराईले बताए ।

इजलासमा सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा सहितका ७ जना वकिलले बहस गर्दै मुद्दामा सहयोग गर्ने गरी सिरोहियालाई साधारण तारिखमा छाड्न आग्रह गरेका थिए ।

कीर्ते नागरिकता बनाएको आरोपमा प्रहरीले मंगलबार सिरोहियालाई काठमाण्डुबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement