सर्वाेच्च अदालतमा उपेन्द्र यादवको मुद्दा ‘हेर्न नभ्याइने’

सर्वाेच्च अदालतमा उपेन्द्र यादवको मुद्दा ‘हेर्न नभ्याइने’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनविरुद्ध सर्वाेच्च अदालतमा दायर गरेको मुद्दा सोमबार ‘हेर्न नभ्याइने’ भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको मुद्दा सोमबार हेर्न नभ्याइने भएको हो ।

जसपा नेपाल छाडेका अशोक राई सहितका नेताहरूको निवेदनअनुसार निर्वाचन आयोगले दल दर्ता गरेपछि अध्यक्ष यादव सर्वाेच्च गएका थिए ।