गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति अवैध भएको सर्वाेच्चको फैसला

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति अवैध भएको सर्वाेच्चको फैसला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति र विश्वासको मत पाएको निर्णय अवैध भएको फैसला गरेको छ ।

सभामुखको समेत समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएको र विश्वासको मत दिएको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट सर्वाेच्चमा दायर गरेका थिए । सोमबार सर्वाेच्चले उनको नियुक्ति बदर गर्दै रिट जारी हुने फैसला गरेको छ ।

न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार पाण्डेको रिट जारी गरेको छ ।

कूल ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्णप्रसाद धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेश सभामा घोषणा गरेपछि पाण्डेले वैशाख २५ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।