पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवले दायर गरेको रिट ‘हेर्न नभ्याइने’

पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवले दायर गरेको रिट ‘हेर्न नभ्याइने’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टी विभाजनविरुद्ध अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी मंगलबार ‘हेर्न नभ्याइने’ भएको छ ।

मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेशी हेर्न नभ्याउने भएको हो ।

नेता अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएपछि अध्यक्ष यादव अदालत गएका थिए । यादवले अर्को दल दर्ता गर्नु गैरकानूनी भएको जिकिर गरेका छन् ।

अध्यक्ष यादवले आफ्नो दल छाडेर जाने ७ सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए । दुवै रिटलाई सँगै राखेर हेर्ने गरी इजलास तोकिएपनि न्यायाधीशहरूले हेर्न भ्याएनन् । यसअघि जेठ १४ गतेको पेशी पनि ‘हेर्न नभ्याउने’ भएको थियो ।

अर्को पेशी जेठ २५ गते शुक्रबारका लागि तोकिएको छ ।