जसपा नेपाल विभाजन विरुद्धको मुद्दा सर्वाेच्चमा हेर्दाहेर्दैमा

जसपा नेपाल विभाजन विरुद्धको मुद्दा सर्वाेच्चमा हेर्दाहेर्दैमा

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन गरी अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमाथिको सुनुवाइ शुक्रबार हेर्दाहेर्दैमा रहेको छ ।

सर्वोच्च अदालतमा सुनुवाइपछि शुक्रबार रिट हेर्दाहेर्दैमा राखिएको छ ।

सुनुवाइका लागि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तीलप्रसाद श्रेष्ठको इजलासमा पेशी परेकोमा अब आईतबार हेर्दाहेर्दैमा रिटमाथिको सुनुवाइ हुनेछ ।

जेठ २ गते न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो । यादवले निष्क्रिय भइसकेको कानूनलाई टेकेर पार्टी फुटाएको भन्दै आयोगले थालेको सनाखत प्रक्रिया पनि यथास्थितिमा राख्न माग गरेका थिए ।

जसपा नेपालका १२ सांसदमध्ये ७ सांसद लिएर अशोक राईले जसपा दर्ता गरेका छन् ।