काठमाण्डु – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध परेको रिट बिहीबार सर्वाेच्च अदालतको पूर्ण इजलासमा हेर्दाहेर्दैमा परेको छ ।
न्यायाधीश कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको पूर्ण इजलासमा रिटमाथि अन्तिम सुनुवाइ सुरु भएको छ । रिटमाथि अबको सुनुवाइ असार ९ गतेका लागि तोकिएको छ ।
कांग्रेसका सांसद तथा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई अपदस्थ गरी एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको कार्य गैरसंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २६ गतेभित्र केदारले विश्वासको मत नलिएको भन्दै नयाँ संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेपछि एमाले र माओवादीका ५२ जना सांसदले हिक्मतलाई मुख्यमन्त्रीमा समर्थन गर्दै दाबी पेश गरेका थिए ।
बहुमत सांसदको दाबीअनुसार प्रदेश प्रमुखले हिक्मतलाई मुख्यमन्त्री नियुक्त गरेपछि केदारले सर्वाेच्चमा रिट दायर गरेका थिए ।




प्रतिक्रिया