काठमाण्डु – जिल्ला अदालत सर्लाहीले बाल यौन दुरुपयोगको मुद्दामा तपस्वी रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनबहादुर भण्डारीको इजलासले सोमबार सजाय निर्धारण गरेको छ ।
अदालतले बम्जनबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । बम्जनविरुद्ध १८ वर्षीया बालिकाले जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा २०७७ असार १८ गते बम्जनविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएकोमा असार १० गते उनी दोषी ठहर भएका थिए ।




प्रतिक्रिया