काठमाण्डु – महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या आरोपमा पक्राउ परेका मधेश प्रदेशसभा पूर्व सदस्य कौशलकुमार यादवलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
मधेश आन्दोलनका क्रममा विक्रम संवत् २०७२ भदौ २५ गते विकको हत्या भएको घटनामा उनी जेल चलान भएका हुन् ।
घटनामा संलग्न भएको आरोपमा गत शनिबार पक्राउ परेका यादवलाई न्यायाधीश फनेश्वरी घिमिरेको एकल इजलासले कर्तव्य ज्यान मुद्दामा बुधबार पुर्पक्षका लागि जेल चलान गरेको छ । यादवलाई आगजनी मुद्दामा ५ हजार जरिवाना समेत गरिएको स्रेस्तेदार नुतन झाले जानकारी दिए । उनी २०७४ सालमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४(१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।




प्रतिक्रिया