प्रहरीका एआईजी र डीआईजीहरूले पाएनन् अल्पकालीन अन्तरिम आदेश, छलफल हुने

प्रहरीका एआईजी र डीआईजीहरूले पाएनन् अल्पकालीन अन्तरिम आदेश, छलफल हुने

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित ५ जनाको रिटमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बिहीबार न्यायाधीश शारंगा सुवेदीको इजलासले रिटमा अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

उमेर हदका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीहरूले अवकाशको पत्र कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गरेकोमा अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

एआइजी ज्ञवाली, डीआईजीहरू यज्ञविनोद पोखरेल, राजेशनाथ बाँस्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गराएका थिए ।

प्रहरीका एआईजी र डीआईजीहरू ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी निरीक्षक ५३ वर्षे उमेरमा अनिवार्य अवकाश जाने प्रावधान प्रहरीमा छ ।

यसअघि ३० वर्षे सेवा अवधिविरुद्ध परेको रिटमा भने सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।