सशस्त्र प्रहरीको ३० वर्षे सेवा अवधि विरुद्धको रिट सर्वाेच्चबाट खारेज

सशस्त्र प्रहरीको ३० वर्षे सेवा अवधि विरुद्धको रिट सर्वाेच्चबाट खारेज

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको ३० वर्षे सेवा अवधिविरुद्ध परेको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ ।

सशस्त्रका २ डीआईजीसहित १२ अधिकारीले दिएको रिटमाथि बिहीबार फैसला सुनाउँदै सर्वोच्च अदालतले खारेज गरेको छ ।

सशस्त्रको ३० वर्षे सेवा हद हटाउन माग गर्दै डीआईजी अभिकुमार खत्रीसहित ४ जनाले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । बिहीबार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले रिट खारेज हुने फैसला गरेको छ ।