काठमाण्डु – सर्वोच्च अदालतले १५९ अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले निर्णय गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको बिहीबार बसेको पूर्ण बैठकबाट १५९ अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
वरिष्ठ अधिवक्ताको उपाधि पाउने अधिवक्ताहरूमा पूर्वमहान्यायाधिवक्ता डा. दीनमणि पोखरेल, नेपाल बारका पूर्वमहासचिव खम्मबहादुर खाती, डा. भीमार्जुन आचार्य, बाबुराम दाहाल, ज्योति बानियाँ, पूर्णिमा रिमाल गुरागाईं, शान्तिराम खतिवडा, ललितबहदुर बस्नेत, विष्णुमाया भुसाल, राजुप्रसाद चापागाईं, पद्मबहादुर श्रेष्ठ, रामप्रसाद भण्डारी, राजु खड्का, सरिता शर्मा, राजु खड्कासहित १५९ छन् ।




प्रतिक्रिया