काठमाण्डु – न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा गर्न सिफारिस गरेको छ ।
शुक्रबार बसेको परिषद् बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको छ ।
उच्च अदालत पाटनमा दरबन्दी भई विशेष अदालतमा काजमा खटाइएका खुशीप्रसाद थारुको उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा सरुवा सिफारिस भएको छ ।
उच्च अदालत सुर्खेतका न्यायाधीश सागर विष्टलाई उच्च अदालत तुलसीपुर, तुलसीपुरका दीपेन्द्र अधिकारीलाई पोखरा उच्च अदालत र राजस्व न्यायाधीकरणका रमेश ढकाललाई उच्च अदालत तुलसीपुरमा सरुवा गर्न सिफारिस गरिएको छ ।
हेर्नुहोस् सरुवा सूची –








प्रतिक्रिया